नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा सत्ता सम्हालेको चार वर्ष नाघि सकेको छ । नगर सत्ताको नेतृत्व मेयर भीम पराजुलीले सम्हाल्नु भएको त सर्वविदितै छ । अबको नगर निर्वाचनमा को मेयर पदको उमेदवार बन्ने भन्ने विषयमा कांग्रेसभित्रै आन्तरिक शक्ति संघर्ष सुरू भएको छ ।
मेयर पराजुलीले पनि दोहो¥याउन सक्नुहुन्छ । तथापि उहाँले अहिलेसम्म सार्वजनिक गर्नुभएको छैन । उहाँबाहेक पनि मेयर पदका आकांक्षी धेरै कार्यकर्ताहरू कम्मर कसेर लागेका छन् । कोही कांग्रेसको संस्थापन पक्षको सहयोगबाट त कोही सत्ता इतर पक्षबाट नेतृत्व हत्याउने दाउमा छन् । कांग्रेसको आन्तरिक शक्ति संघर्षमा सक्ले कस्लाइृ पछार्छ अहिले नै केही अनुमान लगाउन सकिंदैन ।
विगत केही समयदेखि मेयर पराजुलीका विरूद्ध विभिन्न कोणबाट प्रहार हुन थालेको छ । त्यो पनि आफ्नै पार्टीभित्रबाट । कहिले अक्सिजन ग्याँस सिलिण्डर बिरामीको घरमा पु¥याएको विषयलाई लिएर चर्कै आलोचना भयो । पछिल्लो समय कोरोनाविरूद्धको खोप आफू निकट कार्यकर्तालाई वितरण गरेको आरोप लगाएर बद्नाम गर्ने प्रयास भएको छ । झिनामसिना बखेडा झिकेर आफ्नै पार्टीबाट विजयी भएका मेयरलाई बद्नाम गर्दा कस्को मान मर्दन हुन्छ । आखिर कांग्रेस पार्टीकै त हुन्छ । यति पनि हेक्का राख्न नसक्ने भएपछि किन चाहिलो विपक्षी पार्टी ? आफंैआफंैमा लडे भैगो नि । यसले त कांग्रेसलाई पक्कै पनि फाइदा गर्दैन । व्यक्तिगतरूपमा कसैलाई क्षणिक फाइदा होला ।
विरोधको पनि एउटा शैली हुन्छ नि । शिष्टता हुन्छ नि । सैद्धान्तिकरूपमा विरोध गर्नु धर्म नै हो । तर अनावश्यक कुरा उचालेर लाञ्छना लगाउनु अनउपयुक्त हो । त्यतिमात्र होइन । कांग्रेसलाई अहिले महाधिवेशनको रनक पनि लागेको छ । नगर सभापति पद कस्ले हत्याउने भन्ने होडबाजी पनि त्यत्तिकै चर्को रूपमा उठेको छ । अहिलेसम्म पनि मेयर पराजुली नै कांग्रेस नगरसभापति हुनुहुन्छ । भलै उहाँले कार्यवाहक सभापति अर्कै व्यक्तिलाई सुम्पनु भएको थियो ।
सायद एक व्यक्ति एक पदको कुरा उठ्ला भनेर नै उहाँने त्यसो गर्नु भएको हुनु पर्दछ । यतिखेर नेतृत्वको होडबाजीमा दौडने अधिकांश कार्यकर्ताहरू पार्टीभित्रको शक्ति केन्द्र धाइरहेका पनि छन् ।
हुन त वडाको चुनाव केही समयका लागि स्थगित भएको छ । यसरी स्थगित हुने हो भने कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनेमा पनि आशंका गर्न सकिन्छ । किनभने महाधिवशेन आउन एक महिना बाँकी छ । एक महिनाअघि वडा, नगर, जिल्ला, क्षेत्रको चुनाव सम्पन्न गरिसक्नुपर्ने छ ।
यो सम्पादकीय आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।