बुधबार, साउन १३, २०७८ || 881  पटक पढिएको

पछिल्लो समय सेयरमा आकर्षण हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । डिम्याट खाता खाल्नेको भीड अहिलेपनि बैंकमा बाक्लो छ । कोरोना महामारीमा चलायमान भएको क्षेत्र सेयर मार्केट हो । यसलाई कोरोनाले खासै असर गरेको छैन् । लगानीकर्ताले सम्पूर्ण लगानी सेयरमा गरेका कारण मार्केट गुलजार भएको हो । यसमा आकर्षण निकै बढेको छ ।
पहिला चिया पसलमा राजनीतिका गफ हुने गरेकामा अहिले सेयरका कुरा हुन थालेका छन् । लाग्छ अव कोही पनि नेपाली गरिव ह्ुने छैनन् । प्रत्येक नागरिकसंग सेयरमा प्रशास्त पैसा हुनेछ । कुनै एउटा कम्पनीले साधारण सेयर निष्काशन गरेमा एकै दिनमा सयौं गुणा वढी आवेदन पर्छन् । अहिले सेयरका लागि डिम्याट खाता खोल्नेको संख्या ४० लाखको हाराहारीमा पुगेको छ ।

डिम्याट खाता खोल्न परिवारको कुनैपनि सदस्यको बाकी राखिको छैन् । भर्खर जन्मेकाको देखि लिएर हजुरबुबाकोसम्म डिम्याट खाता खोलिएको छ । लाग्छ दुधे बालक पनि सेयरको खेलाडि हो । उसको खातामा सेयरको राम्रै पैसा जम्मा भएको छ । प्रथमिक सेयरका लागि न्यूनतम १० कित्ताका लागि १ हजार रुपैयाँको आवेदन दिन सकिन्छ । राम्रो कम्पनीको सेयर परेमा राम्रो आम्दानी हुने गरेको कारण सेयरतिर आकर्षण बढेको हो । भाग्य चिठ्ठा जस्तै रहेको प्रथमिक सेयर कसैलाई परिवारमा सबैलाई पर्छ भने कसैलाई एउटा कित्ता समेत पर्दैन । यहाँ सेयरलाई कोरोनासंग दाजेर हेर्न मन लाग्यो । कोरोनापनि सेयर जस्तै भएको छ ।

कसैको परिवारमा सबैलाई कोरोना संक्रमण भएको छ । कसैको घरमा २–३ जनालाई मात्र कोरोना भएको छ । कसैको घरमा कसैलाई पनि संक्रमण भएको छैन । त्यस्तै सेयर पनि कसैको घरमा सबैलाई पर्छ भने कसैको घरका २–३ जनासम्मलाई पर्छ । कसैको घरमा कसैलाई पनि सेयर पर्दैन । एक मित्रले डिम्याट खातामा १ हजार हालेको धेरै भयो । उनी निनष्काशन भएको प्रथमिक सेयर कुनै पनि कम्पनीको छड्दैनन् ।

तर उनलाई अहिलेसम्म कुनै पनि सेयर परेको छैन् । उनी हाँस्दै भन्छन् ‘यो १ हजारले जिन्दगीभर पुग्ने भयो ।’ सेयर कारोबारका लागि हचुवाको भरमा लगानी गर्नेको संख्या बढ्दो छ । अर्काले सेयरमा कमाएको देखेर लगानी गर्नेको संख्या पनि कम छैन । सेयर भनेको कानुनी रुपमा खेलिने जुवा हो । तर यसलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा पनि लिन सकिन्छ । यसबाट धेरै मानिसले अथाह कमाएका छन् भने कोही यसैबाटै सकिएका पनि छन् ।
सेयरमा कमाउने भनेको बाठाले मात्र हो । सोझाले कुनैपनि हालतमा कमाउन सक्दैनन् । सेयरमा खेलाडी हुनलाई हरेक क्षेत्रको ज्ञान हुनु जरुरी छ । नत्र तपाईले गर्नु भएको लगानी जोखिममा पर्छ ।

सेयरमा प्रभाव पर्ने क्षेत्र बुझ्नु जरुरी छ । कुन कम्पनीको सेयर किन्ने त्यसलाई कतिसमयसम्म राख्ने भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । सेयरमा दख्खल भएका लगानी कर्ताले आजको बजार घट्छ वा बढ्छ भन्ने कुरा बजार खुल्नु भन्दा अगाढी नै अनुमान गर्छन । कुन कम्पनीको सेयर बढ्छ र कुन कम्पनीको सेयर घट्छ भन्ने ज्ञान पनि सेयरका खेलाडीलाई पहिलानै थाहा हुन्छ ।

त्यसका लागि कुन कम्पनीको सेयर खरिद गर्ने र कुन बेच्ने भन्नेकुरा अगाडि नै तयारी गरेका हुन्छन् । बेला बेलामा ठूला ब्रोकरले गर्ने गलत हल्लाले पनि सोझा र साना लगानीकर्ताहरु डुब्ने गरेका छन् । सेयर कारोबारको सम्पूर्ण अधिकार ब्रोकरलाई दिएको कारण पनि सर्वसाधारण पीडामा परेका छन् । दोहोरो कमिशनका कारण लगानीकर्ताहरु भन्दा ब्रोकर मोटाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!