मन्त्रालयको जिन्सी कब्जा

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

बुधबार, साउन १३, २०७८ || 839  पटक पढिएको

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई नेतृत्व सरकारको सामाजिक विकास मन्त्रालयको जिन्सी शाखालाई लामो समयदेखि एक शक्तिशाली कर्मचारीले कब्जामा लिएका छन् । प्रदेश सरकार गठन पछि सामाजिक विकास मन्त्रालयमा मन्त्री फेरबदल भइसकेको छ । तर सबैलाई मिलाएर अनियमित तरिकाले मोटो रकम कमाउन खप्पिस शक्तिशाली कर्मचारी ज्यूँका त्यूँ छ ।

मन्त्रालयमा जीवन घिमिरेपछि उषाकला राईले मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । तर जिन्सी शाखामा कार्यरत ती कर्मचारीलाई मन्त्रालयका विशिष्ठ पदाधिकारीदेखि मन्त्रीसम्मले छु्न र चलाउन सक्दैनन् । यसबाट प्रष्ट हुन्छ की मन्त्रालयमा रहेका शक्तिशाली कर्मचारी कुन पार्टीको हो र किन उन उ मन्त्रीलाई हकारेर फाँट कब्जा गरेर बसिरहेको छ, त्यो रहस्यको विषय बनेको छ ।

कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा प्रदेश सरकारले विराटनगरसहित प्रदेशभरी कोभिड–१९ को अस्पताल निर्माण गर्दा जिन्सी शाखामा रहेका ती शक्तिशाली कर्मचारी मार्फत नै करौडौ रकम बराबरको अस्पतालको भौतिक संरचना निर्माणदेखि स्वास्थ्य सामाग्री खरिद र ढुवानी खर्च गर्दा करौडौ रकम खर्च भएको थियो । खर्चको बील भर्पाई पनि आफैले बनाएको थियो ।

मन्त्रालयमा भएको अनियमितताको बारेमा प्रमुख प्रतिपक्ष कांग्रेसले पटक पटक आवाज बुलन्द गर्दा पनि यसको सुनुवाई भएन । जिन्सी शाखामा रहेका ती कर्मचारीले प्रदेश सरकारका मोटो रकमको विज्ञापन नजिकका आसपासेलाई उपलब्ध गराएर बाक्लो तर मारिरहेका छन् । यस विषयमा मन्त्री राई जानकार भएपनि निरिह छिन् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!