हिपमत डटकम

आइतबार, आषाढ २०, २०७८ || 701  पटक पढिएको

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार दुबै विधिबाट ८ हजार १३२ जनाको परीक्षण हुँदा आरटीपीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ कोरोनभाइरस संक्रमण पुष्टि भएको छ ।

दुबै विधिबाट भएको परीक्षणमध्ये १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४६१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् भने सोही अवधिमा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!