हिपमत डटकम

शुक्रबार, आषाढ १८, २०७८ || 782  पटक पढिएको

बिराटनगर। नेपालमा रहेको बिकट  गाउँका स्वस्थ केन्द्रलाई प्रथामकता दिदै हङकङ नेपाली महासङ्घले कोरोन संक्रिमित भएका गम्भीर बिरामीहरु को लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ ।

 

महासंग को निबर्तमान अदक्ष्य रहेकी रिता गुरुङ्ग को भनाइ अनुसार नेपाल मा कोरोन संकर्मत र मृय्तु को दर सोचे जति नघटेकोले महासङ्घले हङकङस्थित नेपाली महाबाणिज्यदुतको कार्यालय, हङकङ सरकार, चिनिया दूतावास र त्यहीको गैरसरकारी संस्था सोअर्स एक्सन बिच समन्वय गरेर नेपालमा सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको हो । महासङ्घलाई २ सय थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएकोमा सबै एकै पटक नेपाल पठाउने प्रयास गरेका थिए तर एयर कार्गो समस्याले पहिलो चरणमा सय थान मात्र पठाउन सकिएको छ । नेपालमा छिटो भन्दा छिटो ती सामान पठाउने प्रयास जारी छ । बाँकी सय थान दुई तिन भित्रमा पठाउने छ। नेपालबाट आउने जहाजको पर्खाइमा छन् र हङकङको सरकारी स्तरबाट गठित याउ चिम मोङ डिस्ट्रीक फाइट क्राइम कमिटीका उपाध्यक्ष समेत रहेकी गुरुङका अनुसार नेपाल पठाइएका ती मेडिकल उपकरण वितरणको व्यवस्था हाल कर्णाली प्रदेशका सात जिल्लामा स्थानीय गैर सरकारी संस्थाहरूको समन्वयमा भइरहेको छ ।

उनले भनिन , चिनको कुनमिन सहरबाट प्रति कन्सन्ट्रेटर १ हजार १ सय ५० अमेरिकी डलरमा दुई सय थान खरिद गरिएको र एउटैको तौल करिब ३० केजी हुने भएकाले सबै एकसाथ एयर कार्गो गर्न नसकिएको हो। अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने हङकङको गैर सरकारी संस्था सोअर एक्सनलाई धन्यवाद दिँदै उनले अर्को चरणमा १ लाख एन्टिजेन टेस्टिङ किट पठाउने तयारी पनि भइरहेको छ।

 

महासङ्घका पूर्व अध्यक्ष प्रदीप थापाले सकेसम्म ७७ वटै जिल्लाका दुर्गम क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक मध्ये कम्तीमा एक थान अक्सिजन कन्सन्ट्रेटर पुर्‍याउने लक्ष राखेको बताए । उनले भने, ‘कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई त काम लाग्ने नै छ, कोरोना पछि अरू बिरामीका लागि पनि काम लाग्ने छ ।’ कोरोना महामारीले उत्पन्न गराएको विषम परिस्थितिमा ‘हेल्प नेपाल फाइट कोभिड १९’ नाराकासाथ महासङ्घले १० लिटर प्रति मिनेट अक्सिजन आपूर्ति गर्ने अक्सिजन कन्सन्ट्रेटर वितरण चाडो गर्न प्रत्येक प्रदेशका लागि एउटा ढुवानी ट्रकको व्यवस्था समेत महासङ्घ आफैले गरेको अध्यक्ष टङ्क रानाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!