रंगेली । माेरङकाे रंगेली नगरपालिका चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड-१९ विरुद्धको खोप ‘भेरो सेल’ रंगेली नगरपालिका भित्र लगाउन सुरु गरिएको छ ।
संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियान अन्तर्गत रंगेली काेविट अस्पताल, आमगाछी स्वास्थ्य चाैकी , रंजनी स्वास्थ्य चाैकी र बबिया स्वास्थ्य चौकी मा ६२ बर्ष देखि ६४ बर्षम का ज्येष्ठ नागरिकहरुलाई ‘भेरो सेल’ खोप लगाउन शुरु गरिएको हो । प्रदेश सरकार प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय मोरङ ले रंगेली नगरपालिका लाई ८ सय ८० डाेज भ्याक्सिन उपलब्ध गराएकाे छ । रंगेली मा ६२ बर्ष देखि ६४ बर्ष सम्म का बृद्ध हरु रहेको हुनाले साेहि अनुरुप उक्त भ्याक्सिन पठाएको र पहिलो दिन २ सय ६८ जना बृद्ध हरु ले खोप लगाएका छ ।
फाल्गुन महिनामा खाेप लगाउन सर्वसाधारण हरु लाई आह्वान गर्दा उनलेे खाेप नलगाउने र बाेलाउदा समेत नआउने गरेता पनि अहिले भने खाेप लगाउनका लागि सरकारले ताेकेकाे ६२ बर्ष देखि ६४ बर्ष सम्म का व्यक्ति हरु लाई मात्रै खाेप लगाउने भनिएता अहिले ३० बर्ष का युवा देखि बृद्घ बृद्घा हरु समेत खाेप लगाउन स्वास्थ्य केन्द्र पुग्ने गरेकाे छन । जेष्ठ २५ र २६ गते खाेप लागाउने समय ताेकिएकाे र दुई दिन भित्र ८ सय ८० डाेज नस्किए पुनः समय थप गरेर खाेप लगाउने स्वास्थ्य प्रमुख ब्रजेश मेहेताले हिपमत डटकमलाई बताए ।
यता विराटनगरमा ५ हजार ८ सय ४६ डोज खोप लगाईने छ । यस पटकको खोपमा नागरिकको उत्साह धेरै देखिएको छ । लक्षित उमेर समूहका नागरिक बिहानैदेखि खोप केन्द्रमा पुगेका थिए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार अघिल्लो पटक कोभिसिल्ड खोप लगाउन नागरिकलाई फकाउनु परेको थियो । तर यस पटक नागरिकले आफैं खोप खोज्दै आएका छन् ।
विभिन्न किसिमको भ्रम र खोपको प्रतिफल नबुझ्दा सरकारले दिएको सुविधाको खोप लगाउन यस अगाडी तोकिएको क्षेत्रमा आवद्ध नागरिकहरु जाँदैनन् थिए । तर, यस पटक संक्रमणबाट जोगाउँछ भन्ने प्रमाणित भएपछि नागरिकले आफ्नो अधिकारको रुपमा बुझेर केन्द्रसम्म पुगेर खोप लगाउन थालेको पराजुलीले बताए । अहिले सरकारले ६२ बर्ष देखि ६४ वर्ष उमेर का तथा अग्रपतीमा खटिएका यस अघि छुटेका स्वास्थ्यकर्मी, लचिकित्सा शिक्षका ईन्टर्न, विद्यार्थी वा ओजेटि गरिरहेका नर्स तथा पारामेडिक्स (प्रत्यक्ष रुपमा विरामीको जांच, उपचारमा र हेरचाहमा संलग्न रहेका ब्यक्ति हरु लाई मात्र खाेप लगाउन सुरु गरेको छ ।