हिपमत डटकम

शनिबार, बैशाख १८, २०७८ || 934  पटक पढिएको

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–३ मा कोरोना संक्रमणबाट तीन दिनको अन्तरमा आमाछोराको मृत्यु भएको छ ।

कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेकी ओझा थरकी ८४ वर्षीय बृद्धाको बुधबार बेलुका मृत्यु भएकोमा शनिबार उनकै छोराको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा कोरोना देखिएकी बृद्धाको होम आइसोलेसनमै मृत्यु भएको थियो । कोरोना संक्रमण देखिएका उनका छोराको शनिबार कोशी कोडिभ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना देखिएपछि उनलाई सुरुमा मोरङको टंकीस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । थप उपचारको लागि कोशी कोभिडमा सारिएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ओझा परिवारका परिवारका अन्य ५ सदस्य पनि कोरोना संक्रमित छन् । उनीहरु होम आइसोलेसनमा रहेको इनरुवा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!