विराटनगरमा कोरोना संक्रमित एक व्यक्तिको हृदयाघातका कारण मृत्यु भएको छ।

विराटनगर महानगरपालिकामा कार्यर्त नगर रक्षक हवल्दार ५६ वर्षीय सूर्यबहादुर घिमिरेको शनिबार बिहान मृत्यु भएको हो।

१५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि घरमै आइसोलेसनमा रहेका हवल्दार घिमिरे शुक्रबार बेलुका नोबेल अस्पतालमा भर्ना भएका थिए।

उनी चिन्ताजनक अवस्थामा नोबेलमा पुगेका थिए। उनलाई आइसियूमा राखेर उपचार थालिएकोमा शनिबार बिहान ५:५० मा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।

दाहालका अनुसार उनलाई हृदयाघात भएको थियो।

 

‘कोभिडसँगै हृदयाघात भएर उहाँको मृत्यु भएको हो,’ दाहालले भने।

दाहालका अनुसार घिमिरेको पुरानो कुनै रोग थिएन। news source :- Setopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!