हिपमत डटकम

सोमबार, बैशाख १३, २०७८ || 739  पटक पढिएको

भारतमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रफ्तारमा बढ्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतमा आइतबारमात्र साढे तीन लाखभन्दा बढी संक्रमित पाइएका छन् ।

भारतमा विगत २४ घण्टामा तीन लाख ५४ हजार ५३३ नयाँ संक्रमित फेला परेको जनाइएको छ । विश्वको कुनै पनि देशमा एकैदिन फेला परेका संक्रमितको यो नै सबैभन्दा ठुलो संख्या हो ।

भारतमा कोरोना संक्रमणका कारण विगत २४ घण्टामा दुई हजार ८०६ जनाको मृत्यु भएको छ । आइतबार दुई लाख १८ हजार ५६१ जना संक्रमणमुक्त भएको बताइएको छ ।

भारतमा हालसम्म संक्रमितको संख्या एक करोड ७३ लाख पुगेको छ । तीमध्ये एक करोड ४२ लाख संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना संक्रमणको कारण एक लाख ९५ हजार मानिसको मृत्यु भइसकेको छ ।

यस्तै सक्रिय संक्रमितको संख्या २८ लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!