हिपमत डटकम

सोमबार, बैशाख १३, २०७८ || 798  पटक पढिएको

विराटनगरका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको आइतबार राति मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा ४० वर्षीय ती पुरुषको मृत्यु भएको हो ।

प्रबन्धक नारायण दाहालले मृतकमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको थियो । अस्पताल ल्याउँदा अवस्था गम्भीर रहेका ती पुरुषको तत्काल उपचार थालिए पनि बचाउन भने नसकिएको दाहालले बताए ।

विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालले सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको आइसोलेसनमा भर्ना गरिएको थियो । उनले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए ।

नोबेल अस्पतालले यसअघि कोरोना सङ्क्रमण कम हुँदै गएपछि सङ्क्रमितको उपचार गराउने आइसोलेसन बन्द गरेको थियो । तर कोरोनाको दोस्रो लहर सुरु भएर अवस्था भयावह बन्न लागेपछि आइतबारबाट आइसोलेसन पुनः सञ्चालनमा ल्याइएको छ ।

प्रबन्धक दाहालले यसअघि सञ्चालन गरेर बन्द गरिएको आइसोलेसन कोरोनाको दोस्रो लहर सुरु भएपछि पुनः सञ्चालन गरेर संक्रमितको उपचार गर्न थालिएको जानकारी दिए ।

उनका अनुसार पुनः आइसोलेसन सञ्चालन गरेकै पहिलो दिन छ जना संक्रमित भर्ना भएका थिए । भर्ना भएकामध्ये एक जना सङ्क्रमित पुरुषको ज्यान गएको दाहालले बताए । अहिले नोवेलको आइसोलेसनमा पाँच जना संक्रमितको उपचार जारी रहेको जानकारी उनले दिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!