हिपमत डटकम

सोमबार, चैत्र ३०, २०७७ || 757  पटक पढिएको

प्रतिनिधि सभाका विषयगत समितिमा केही सदस्यको हेरफेर हुने भएको छ ।

सोमवार बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले समितिमा रहने सदस्यको हेरफेरको सूचना सुनाउने तयारी गरेका हुन् ।

गत बिहीवारको बैठकमा नेकपा एमालेले नेकपा विभाजन बदर भइसकेको अवस्थामा आफूहरू समितिमा नेकपाको हैसियतमा बस्न बाध्य भएको भन्दै समितिमा हेरफेरको माग गरेको थियो ।

एमालेको आग्रहपछि सभामुख सापकोटाले छिट्टै समितिमा हेरफेरको तयारी गरेको बताएका थिए ।

 

सचिवालय स्रोतका अनुसार माओवादी केन्द्रले पनि समितिमा रहने सदस्यको नाम सभामुखलाई बुझाइसकेको छ । नेकपा विभाजनको प्रभाव स्वरूप संसदीय सुनुवाइ समितिमा रहेका ४ मध्ये २ सांसद समितिबाट हट्नुपर्ने भएको छ ।

नेकपा एमालेले यसअघि नै समितिमा हेरफेरको लागि नाम पठाइसकेको छ । जसअनुसार एमालेले संसदीय सुनुवाइ विशेष समितिबाट सुरेन्द्र पाण्डेलाई हटाएर खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईलाई पठाउन प्रस्ताव गरेको छ ।

यसअघि नेकपाका मुख्य सचेतक देव गुरुङले पूर्व माओवादी खेमाका ४ जनाको नाम संसदीय समितिमा सिफारिस गरेका थिए । एमालेले संसदीय समितिको सदस्य हेरफेरको प्रस्ताव गरेपछि १५ सदस्यीय समितिमा रहेका ४ मध्ये माओवादीका २ सांसद अन्य समितिमा जानुपर्नेछ ।

एमालेले संसद सञ्चालनको लागि महत्त्वपूर्ण ठानिएको कार्यव्यवस्था परामर्श समिति, संसद भित्रका २ प्रभावशाली समिति राज्य व्यवस्था र लेखा समितिमा पनि सदस्य हेरफेरको प्रस्ताव गरेको छ ।

राज्य व्यवस्था समितिले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायत संवैधानिक आयोगका कामकारवाही हेर्ने गर्छ ।

राज्य व्यवस्थामा महेश बस्नेत, खेम लोहनी र दामोदर भण्डारीको नाम सिफारिस गरिएको छ । यसअघि मन्त्री रहेर समितिविहीन रहेका घनश्याम भुसाल र योगेश भट्टराईलाई कृषि तथा जलस्रोत समितिमा पठाउन सिफारिस गरिएको छ । news source;- lokaantar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!