हिपमत डटकम

आइतबार, चैत्र २९, २०७७ || 656  पटक पढिएको

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति प्रिन्स फिलिपको अन्त्येष्टिमा प्रधानमन्त्री बोरिस जोन्सन सहभागी नहुने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि सीमित मानिस मात्र अन्त्येष्टिमा सहभागी हुन पाउने भएकाले जोन्सन उक्त कार्यक्रममा सहभागी नहुने भएका हुन् ।

राजपरिवारका धेरैभन्दा धेरै सदस्य अन्त्येष्टिमा सहभागी हुन पाउन् भन्ने उद्देश्यले प्रधानमन्त्री जोन्सन अन्त्येष्टिमा सहभागी नहुने प्रधानमन्त्री कार्यालयले बताएको छ ।

प्रिन्स फिलिपको गत शुक्रबार ९९ वर्षको उमेरको निधन भएको हो । अप्रिल १७ मा विन्डसर कासलको सेन्ट जर्ज चापेलमा उनको अन्त्येष्टि गरिनेछ । उनको अन्त्येष्टिमा ३० जना मात्र सहभागी हुने अपेक्षा गरिएको छ । प्रिन्स फिलिपका नाति–नातिना, पनाति–पनातिनाका साथै अन्य नजिकका व्यक्तिहरु उक्त अन्त्येष्टिमा सहभागी हुने बताइएको छ । सर्वसाधारणलाई भने अन्त्येष्टिमा टाढै बस्न अनुरोध गरिएको छ ।

पिन्स चाल्र्सले शनिबार आफ्ना पिताप्रति श्रद्धाञ्जली दिंदै आफ्ना पिताको कमी महसुस गर्ने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!