हिपमत डटकम

आइतबार, चैत्र २९, २०७७ || 869  पटक पढिएको

नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रीय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेकोछ ।

कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए ।

युरोप र नेपालबीच सिधा हवाई उडान गर्न माग गर्दै वक्ताहरूले गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकता नेपालमा रहने नेपाली सरह हुनु पर्ने तथा खाडी मुलुकमा रहेका लाखौँ नेपालीले सिकेको सीप र ज्ञानको उपयोग राज्यले गर्नु पर्ने जस्ता सुझाव र समस्या राखेका थिए ।

सो अवसरम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले पछिल्लो पटक अन्य देशमा राजदूत पठाउने क्रममा संसदीय सुनुवाइमा नाम पठाउने क्रममा कोरिया छुटेका कारण यस्तो हुन गएको र अब छिट्टै पठाइने बताए ।

त्यस्तै नागरिकताका सवालमा हाल संसद्मा विधेयक पेश भइसकेको र यसमा थप केही मागहरू सम्बोधन गर्नुपर्ने रहेको भनी बाग्लुङबाट निर्वाचित सांसद सूर्य पाठकले संसोधन प्रस्ताव पेश गर्नुभएको भन्दै उनले सो विधेयक राष्ट्रियसभामा आउँदा आफूले थप आवाज उठाउने बताए ।

अध्यक्ष तिमिल्सेनाले युरोप र नेपालबीच सिधा हवाई उडानका लागि युरोपमा हाल नेपाली जहाज उडाउन प्रतिबन्ध रहेको र यसको विकल्पका रूपमा रसिया-नेपाल सिधा उडानका लागि आफू नेपालका लागि रसियाका राजदूतसँग निरन्तर संवादमा रहेको बताए ।

कार्यक्रममा विश्वका विभिन्न देशबाट प्रवासी नेपाली मञ्चका पदाधिकारी, पत्रकार र अन्य सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । news source :- Onlinekhabar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!