हिपमत डटकम

बुधबार, चैत्र २५, २०७७ || 929  पटक पढिएको

मंगलबार पदमुक्त भएका लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् । प्रदेशसभा सदस्य न्यौपानेले बुधबार आफ्नो गाडी फिर्ता गरेका हुन् । न्यौपाने अर्थ,उद्योग, पर्यटन समितिको सभापतिको जिम्मेवारीमा समेत रहेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँत्याइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेशसभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो ।

कारबाहीपछि प्रदेशसभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा पङ्खा संसद सचिवालयलाई फिर्ता गरेका छन् । सांसदबाट हटेपछि सरकारी सुविधा लिन आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका छन् ।

न्यौपानेले रुपन्देहीबाट चुनाव जितेका थिए । एमालेमा लागेपछि उनीमाथि माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो । तर उनले एक हप्तासम्म पनि जवाफ नफर्काएपछि पार्टीले संसद सचिवालयमा पत्र पठाएको थियो । मंगलबार सभामुख पूर्णबहादुर घर्तीले न्यौपानेको सांसद पद नरहेको सभामा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!