हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 616  पटक पढिएको

एजेन्सी । दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरूमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय एक कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारमा सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो । यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो । यस भिडन्तका कारण अरु कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय (ओचा) ले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको सुनिएको जनाएको छ । सोमबार साँझतिर पनि यस्तो अवस्था रहेको बताइएको छ । त्यस क्षेत्रमा अहिले पनि ठूलो संख्याका हतियारधारीहरु जम्मा भएर आपसमा भिडन्त गरेका बताइएको छ ।

संयुक्त राष्ट्रसंघको सो कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम रोकेको छ । सो कार्यालयले सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताएको छ ।

सो क्षेत्रमा विगतका केही महिना यतादेखि हिंसा मच्चिएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भनेर आपसमा एक अर्कामाथि हमला गर्र्दै आएका छन् ।–सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!