हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 700  पटक पढिएको

काठमाडौं । म्यानमारमा सैन्य कदमको विरोधमा भइरहेको आन्दोलनमा मारिनेको संख्या ५५७ पुगेको छ ।

एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) को तथ्यांकअनुसार मृत्यु हुनेमा ४६ जना बालबालिका छन् । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले कू गरेसँगै प्रजातन्त्र पुनर्बहालीका लागि निरन्तर प्रदर्शन हुँदै आएको छ ।

एएफपीका अनुसार सेनाविरुद्धको आन्दोलनको क्रममा दुई हजार ७५० भन्दा बढी मानिसहरु पक्राउ परेका छन् । म्यानमारको सेनाले आन्दोलनमा घातक दमन गरेको छ तर नागरिक आन्दोलन भने झन् चर्किरहेको छ ।

प्रदर्शनकारीले विभिन्न तरिका अपनाउँदै म्यानमारको सेनाविरुद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । तर आन्दोलन रोक्ने उद्देश्यका साथ म्‍यानमारमा शुक्रबारदेखि नै मोबाइल इन्टरनेट बन्द गरिएको छ । त्‍यहाँ फिक्स लाइनको इन्टरनेट प्रयोगकर्ताले मात्र इन्टरनेट चलाउन पाएका छन् ।
यसै क्रममा म्यानमारको सेनाले ४० भन्दा बढी नागरिकविरुद्ध वारेन्ट पनि जारी गरेको छ भने सेनाको विरोध गर्नु अपराध भएको उल्लेख गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!