हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 660  पटक पढिएको

जोर्डनका राजकुमार हमजाह बिन हुसेनलाई घरमा नै नजरबन्दमा राखिएको छ । मुलुकका नेताहरुको आलोचना गरेसँगै राजा अब्दुल्लाह दोस्रोका सैतेनी भाइ हुसेनलाई नजरबन्दमा राखिएको हो ।

हुसेनले शनिबार एक भिडियोमार्फत आफूलाई घरमा नै नजरबन्दमा राखिएको बताएका हुन् । बीबीसीले सार्वजनिक गरेको भिडियोमा उनले जोर्डनका नेताहरु भ्रष्टाचारमा डुबेको, मुलकको हितको लागि काम गर्न नसकेको आरोप लगाएका थिए । जोर्डनमा कुनै पनि विषयमा स्वतन्त्ररुपमा आफ्नो धारणा राख्न पाउने अधिकार पनि नरहेको उनको भनाइ थियो । कसैले आफ्नो फरक विचार राख्यो भने उनीहरुलाई पक्राउ गर्ने, धम्की दिने, दुर्व्यवहार गर्नेजस्ता काम भइरहेको हुसेनले बताएका थिए ।

 

जोर्डनको सेनाले हुसेन अहिले नजरबन्दमा नरहेको दाबी गरेको थियो तर पछि भने उनलाई मुलुकको सुरक्षा र स्थायित्वमा असर पर्ने किसिमका कार्य नगर्न निर्देशन दिइएको बताएको थियो ।

जोर्डनमा कू गर्ने प्रयासमा शीर्ष अधिकारी पक्राउ परेसँगै हुसेनलाई पनि घरमा नजरबन्दमा राखिएको हो । हुसेनले आफूले कुनै गलत काम नगरेको बताएका छन् । यसैबीच क्षेत्रीय शक्ति राष्ट्र इजिप्ट र साउदी अरेबियाले भने जोर्डनका राजाको समर्थनमा बोलेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!