हिपमत डटकम

शनिबार, चैत्र २१, २०७७ || 888  पटक पढिएको

उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा शुरु भएको छ । भेलालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको गफले मात्रै देशमा परिवर्तन नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘ओलीको फूर्ती प्रधानमन्त्रीको कुर्सीमा छउञ्जेल मात्र हो, त्यसपछि सबैले देख्नेछन् ।’

उहाँले ओली कम्युनिष्ट पार्टीलाई सिध्याउने खेलमा लागे पनि आफूहरुले उक्त षड्यन्त्र पूरा हुन नदिने बताउनुभएको छ। नेपालले भन्नुभयो ‘हाम्रो पार्टीमा एउटा गलत पक्ष छ, पार्टीको पूजा नगर्ने तर व्यक्तिको पूजा गर्ने । प्रधानमन्त्रीलाई ‘आफ्नो कुर्सी प्यारो छ, तर हामी ओली प्रवृत्तिसँग जुधिराखेका छौँ । अन्ततः त्यो प्रवृत्तिको हार र हाम्रो जित सुनिश्चित छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भीम रावलले पार्टी विधान मिचेर नेताहरुलाई गरिएको कारबाहीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भष्मासुर प्रवृत्तिलाई छरपष्ट पारेको बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीका पछिल्ला हर्कतले उहाँलाई कम्युनिष्ट पार्टी सिध्याउने भष्मासुर बनाइदिएको छ ।’

त्यसैगरी पूर्व श्रममन्त्री गोकर्ण विष्टले पार्टीमा देखिएको व्यक्तिवादले कम्युनिष्ट आन्दोलनलाई कमजोर पारेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘हाम्रा नेताहरूमाथि अवैधानिक तवरले कारबाही हुन थालेको छ, तर यस्ता अवैध कारबाहीबाट हामी कदापी झुक्दैनौं ।

समाजका उपाध्यक्ष रामभक्त पासवानको अध्यक्षतामा भएको भेलामा झण्डै २ सय जना प्रतिनिधि तथा सहभागीको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!