प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले नेकपा एमालेका माधव कुमार नेपाल समूहलाई संयमित भएर अगाडि बढ्न सुझाव दिएका छन्।

उनले शनिबार ट्वीट गर्दै भनेका छन्- समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए विजोग होला है।

यसका साथै उनले नेपाल समूहले जुन बाटो पहिल्याउँदै छ त्यसको कुनै बाटो नभएकोले संयमित हुन सुझाव दिएका हुन्।

नेपाल समूहले आजै ओलीविरूद्ध देशव्यापी अभियान घोषणा गर्न लागेको छ। उक्त समूहले चार नेतालाई निलम्बन गरेको ओलीको निर्णयलाई पनि एमाले फुटाउने दुराशय भनेको छ।

अँध्यारो सुरूङमा नेपाल समूह फस्दै गएको भन्दै विजोग हुनबाट जोगिन थापाले सुझाव दिएका हुन्।

उनले भनेका छन्- माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन!

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!