हिपमत डटकम

शनिबार, चैत्र २१, २०७७ || 596  पटक पढिएको

ताइवानमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । शुक्रबार स्थानीय समयअनुसार बिहान ९ बजे दुर्घटनामा परेको रेलमा ५०० जना यात्रु सवार थिए । दुर्घटनामा केही घाइते भएका छन् ।

दुर्घटना पूर्वी ताइवानको एक सुरुङमा गुडिरहेको रेलले ट्रकलाई ठक्कर दिएपछि लीकबाट बाहिरिएर भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार हालसम्म १०० भन्दा बढी यात्रुको उद्धार गरिएको छ । भने अझै मृतक र घाइतेहरुको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ ।

स्थानीय सञ्चार माध्यमले रेल चालकको समेत मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!