हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 703  पटक पढिएको

काठमाडौं । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १९ औ संस्करण चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुँदैछ । आयोजक पोखराको साहारा क्लबले बिहीबार पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने छन् । प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपविजेताले नगद ५ लाख १ हजार प्राप्त गर्ने छन् ।

व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कूल ८ वटा टिम सहभागी हुनेछन् । जसमा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखरा रहेका छन् ।

गत संस्करणमा नेपाल पुलिसलाई हराएर मनाङ मर्स्याङ्ली क्लबले उपाधि जितेको थियो । प्रतियोगितामा पहिलो चरणको खेल हेर्न १ सय ५०, सेमिफाइनलका खेल हेर्न २ सय र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकर दर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!