हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 913  पटक पढिएको

विराटनगर । अस्ट्रेलियाका तीव्र गतिका बलर जोश हयाज्लउडले इन्डियन प्रिमियर लिग(आइपिएल)को आगामी संस्करण नखेल्ने भएको छ । ३० वर्षीय हयाज्लउडले आगामी दस महिना घर परिवारसँगै क्रिकेट अस्ट्रेलियाका लागि दिने भन्दै आइपिएलबाट नाम फिर्ता लिएका हुन् ।

उनी आइसिसीले तय गरेको स्वास्थ्य निर्देशिकालाई पछ्याउँदै हयाजलउड गत् वर्षको जुलाइदेखि नै विभिन्न फ्रेञ्चाइज लिग र राष्ट्रिय टोलीका लागि खेल्दैआएका थिए । ‘लामो दौडधूपपछि अबको केही महिना शारीरिक र मानसिक रूपमा अस्ट्रेलियाका लागि तयार हुन आइपिएलबाट नाम फिर्ता लिने निर्णयमा पुगेको छु’, उनले भने ।

आइपिएलमा चेन्नई सुपर किङ्ग्सको प्रतिनिधित्व गर्ने हयाज्लउड चेन्नईको प्राथमिक एघारमा नियमित पर्न सकेका थिएनन् । गत संस्करणमा उनले मात्र तीन खेलमा अवसर पाएका थिए ।

यस सिजनको आइपिएलबाट नाम फिर्ता लिने खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । यसअघि जोश फिलिप र मिसेल मार्शले समेत आइपिएलबाट नाम फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!