हिपमत डटकम

बुधबार, चैत्र १८, २०७७ || 553  पटक पढिएको

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग शान्तिपूर्ण र सहयोगपूर्ण सम्बन्ध चाहेको बताएका छन् ।

पाकिस्तान दिवसको अवसरमा समकक्षी नरेन्द्र मोदीले दिएको शुभकामना पत्रको जवाफ लेख्दै खानले दक्षिण एसियामा स्थायी शान्तिका लागि भारत र पाकिस्तानबीचका सबै मुद्दा सुल्झाउनुपर्नेमा जोड दिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले लेखेका छन्, ‘पाकिस्तानका जनता भारतसहितका आफ्ना सबै छिमेकी देशका साथ शान्तिपूर्ण र सहयोगपूर्ण सम्बन्ध चाहन्छन् । दक्षिण एसियामा स्थायी शान्ति र स्थीरता भारत तथा पाकिस्तानबीचका सबै मुद्दा (खासगरी जम्मु र कश्मीरको विवाद) सुल्झाउनेसँग सम्बन्धित छ ।

प्रधानमन्त्री खानले सकारात्मक नतिजा निस्किने वार्ताका लागि अनुकूल वातावरण बनाउनु पर्नेमा पनि जोड दिएका छन् ।

पाकिस्तानले २३ मार्चलाई गणतन्त्र एवम् पाकिस्तान दिवसको रुपमा मनाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!