हिपमत डटकम

मंगलबार, चैत्र १७, २०७७ || 581  पटक पढिएको

काठमाडौं । विश्वका २३ मुलुक र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भविष्यमा उत्पन्न हुन सक्ने महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय सन्धिको योजनामा सहमत भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीजस्तै अन्य कुनै महामारी निस्किन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सन्धी आवश्यक रहेको निष्कर्षसहित विश्वका २३ मुलुकले यसमा सहमति जनाएका हुन् ।

उक्त सन्धीअनुसार महामारी नियन्त्रणको लागि विश्वभर समानरुपमा औषधि, खोप र अन्य स्वास्थ्य सामग्री पुर्‍याउनु पर्नेछ । कुनै पनि महामारी एकल प्रयासमा समाधान हुन नसक्ने भएकाले सबै मुलुक यसमा सहभागी हुनुपर्ने उनीहरुको भनाइ छ ।

यो सन्धीको उद्देश्य भविष्यमा कुनै महामारी उत्पन्न हुन लागेको अवस्थामा राम्रो सूचना प्रणाली, विवरणहरु शेयर गर्ने, खोप उत्पादन तथा वितरण, औषधि र पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु पुर्‍याउनु रहेको छ ।

कोरोना महामारीले विश्वका सबै मानिसहरु सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुँदैनन् भन्ने देखाइसकेकाले समयमा नै विश्वका सबै मुलुकबाट महामारी हटाउन उक्त अन्तराष्ट्रिय सन्धीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!