हिपमत डटकम

मंगलबार, चैत्र १७, २०७७ || 644  पटक पढिएको

नेकपा एमालेका नेता माधवकुमार नेपालमाथि अध्यक्ष केपी शर्मा ओलीको निर्णयले ६ महिना निलम्बन भएको छ । यो निर्णय ओलीले केन्द्रीय कमिटी बैठक डाकेर स्पष्टिकरण मागेको केही दिनपछिको हो ।

२८ फागुनमा एमाले ब्युँतिएपछि ओलीले आफू पक्षीय केन्द्रीय कमिटी बैठक डाकेर अध्यक्ष र महासचिवबाहेक पदाधिकारी र स्थायी कमिटी खारेजीको निर्णय गरेका थिए । त्यसको विरोधमा माधव नेपाल पक्षधर कडा रुपमा उत्रिएका थिए । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेपाल र उनीपक्षधर प्रभावशाली नेता भीम रावलमाथि कारबाही भएको छ ।

आफूमाथि कारबाही भएपनि माधव नेपालले तत्काल एमाले छाड्ने संकेत गरेका छैनन् । उनले एमाले फुटाउन सक्ने अवस्था कमजोर छ । केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सख्या नपुगी पार्टी विभाजन गर्न पाइँदैन ।

नेपालले ओलीको कदमलाई तानाशाही भन्दै त्यसविरुद्ध जुध्न आव्हान गरेका छन् । हिजो उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा लाग्न आफू पक्षीय नेताहरुलाई आव्हान समेत गरेका छन् । तर, पार्टी फुटाउने घोषणा गरिसकेका छैनन् ।

आफू पक्षीय नेता र आफैमाथि कारबाही गरेपनि नेपालको धैर्यताको बाँध टुटेको छैन । यसलाई कतिपयले उनको कमजोरी भनेका छन् । नेपाल धैर्यवान नेता मानिन्छन् । उनले संयमता नगुमाउन र नआत्तिन आफू पक्षधर नेताहरुलाई आग्रह गरेका छन् । एमालेभित्रै बसेर संघर्ष गर्नेमा नेपाल अझै दृढ रहेको बुझिएको छ । तर, कतिपयले उनको धैर्यताको बाँध टुट्ने र एमाले विभाजित हुने आँकलन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!