प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहका तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापाले केन्द्रीय कमिटीको फागुन २८ गते र त्यस यता गरेका निर्णयहरु तथा प्रधानमन्त्री ओलीको मियोमा आवद्ध भएर अघि बढ्न तयार भइ आएमात्रै माधव कुमा नेपाल पक्षधरलाई स्वागत गर्ने टिप्पणी गरेका छन् ।

उनले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीमबहादुर रावललाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्को विकल्प नभएको पनि बताएका छन् । सामाजिक सञ्जालमार्फत थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्,‘र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यस यता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीकाे मियाेमा आबद्ध भएर अघि बढ्न तयार भई आए पाे स्वागत छ, अन्यथा किन -याई-याईं गर्ने ?कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीकाे सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुकाे कुनै अर्काे विकल्प छैन !”

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!