नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिवार बस्दैछ ।
बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
शुक्रवार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाइएको हो ।
नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ ।