हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 629  पटक पढिएको

जिल्ला प्रशासन कार्यालय दाङमा बिहीबार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बिहीबारदेखि नै लागू हुने गरी सार्वजनिक स्थानमा कुनै पनि भीडभाड नगर्न आग्रह गरेको हो।

फागु पूर्णिमा पनि घरमै बसेर मनाउन आग्रह गरिएको प्रजिअ पौडेलले बताए।

‘यसअघि सभा-सम्मलेन गर्नको लागि सहमति लिएको भए पनि आजका मितिदेखि त्यस्ता सहमति रद्द गरिएको छ,’ पौडेलले भने ‘ यसअघि मेला/मोहत्सव लगाउने तयारी गरेको भए पनि अब ती सबै बन्द हुने छन्।’

नेपाल– भारत खुला सीमाना क्षेत्र जिल्लामा रहेको हुँदा भारतमा पुनः कोभिड १९ को संक्रमन फैलिनु र मृत्युदर पनि बढेको हुँदा सबैले सावधानी अपनाउन जरूरी रहेको प्रजिअ पौडेलले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जारी गरेको सार्वजनिक सूचनामा अनिवार्य मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!