हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 631  पटक पढिएको

साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावगट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने बुधबार भन्दा सुधारियो ।

समग्रमा बजार घटे पनि नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार, होटल तथा पर्यटन र लगानी समूहको सव इन्डेक्स भने बढेको छ । बिहीबार धेरै बढ्नेको शिर्ष स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड देखिएको छ ।

यसको सेयर मूल्य बिहीबार १० प्रतिशतले बढेर २ हजार ७९ रुपैयाँ पुगेको छ ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २० दशमलव ८५ अंकले घटेर २ हजार ५ सय ४९ दशमलव ४० अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेसक्स पनि ५ दशमलव ५७ अंकले घटेको छ ।

दिनभर भएका ७२ हजार ३३४ कारोबारबाट २०८ कम्पनीका १ करोड २१ लाख ३४ हजार ३५७ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब २८ करोड ६१ लाख २० हजार ४ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

३ समूहले कमाए, अरुले गुमाए

बिहीबार बजार घटे पनि होटल तथा पर्यटन समूहको सबइन्डेक्स ४ दशमलव ४५ प्रतिशत अर्थात १ सय ५४ दशमलव ०७ अंकले बढेको छ ।

दोस्रोमा व्यावार समूह ३ दशमलव ९४ प्रतिशत अर्थात १ सय ७४ दशमलव ८८ अंक र लगानी समूह १.४ प्रतिथशत अर्थात १.४३ अंकले बढेको छ । घट्नेहरुको अग्रस्थानमा नै हाइड्रोपावर समूह देखिएको छ ।

जसको सबइन्डेक्स ४७ दशमलव २६ अंकले घटेको छ । घट्नेको अगाडि नै बैंकिङ समूह पनि देखिएको छ । यो समूह १.१५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!