हिपमत डटकम

बुधबार, चैत्र ११, २०७७ || 686  पटक पढिएको

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका छन्।

ओलीले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको निजी व्यक्तिको घर पार्टी कार्यालयका लागि उपर्युक्त हुने/नहुनेबारे अवलोकन गरेका हुन्।

अवलोकनपछि उनले व्यवस्थापन सबै ठिक भएको बताएको कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

‘प्रधानमन्त्रीले निरीक्षण गर्नुभयो। केहीबेर बस्नुभयो। आफ्नो पार्टी कार्यालय कस्तो छ हेर्नुभयो। यहाँ सेटअप गरेको सबै ठिक छ। अब हामी छिट्टै सम्झौता गर्छौं र सर्छौं भन्नु भयो’, उनले भनिन्।

यसैगरी सांसद तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको बताए। यद्यपि भाडाबारे अहिल्यै नै छलफल नभएको उनले जानकारी दिए।

 

‘मेरै आफन्तको घर हो। भाडा यति नै भन्ने छैन। पार्टीले दिने पैसामा लिन्छु भन्नु भएको छ। पाँच वर्षको लागि सम्झौता छ’, उनले भने।

उनका अनुसार कालीमाटीमा सञ्जय अग्रवालको आफ्नै घर छ। यद्यपि यसअघि अग्रवालले कालीमाटीमा आफू भाडामा बसेको बताएका थिए।

एमाले थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो।

घरधनी अग्रवालका अनुसार साढे २ तलाको उक्त घरमा १३ कोठा छन्। यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो।

‘पहिला हामी आफैं बस्थ्यौं। बीचमा युएन वुमन बस्यो। अहिले एमालेलाई दिन लागेका छौं,’ अग्रवालले भने,‘भाडा कति हुने र कति वर्षसम्म भाडामा दिने भन्नेबारे आज सम्झौता भएपछि थाहा हुन्छ।’

अग्रवालले आफ्नो पहिला प्याकेजिङको व्यापार भए पनि लकडाउनपछि बन्द भएको बताए। ‘अहिले हामी कालीमाटीमा भाडामा बसिरहेका छौं,’ अग्रवालले भने,’हाम्रो अर्को घर छैन।’

उनले एमाले पार्टीसँग आफू आवद्ध नभएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!