जनता समाजवादी पार्टी, नेपालका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् । फागुन २३ गतेपछि जसपाका नेताहरुसँग प्रधानमन्त्री ओलीले लगातार छलफल गरिरहेका छन् । यो बीचमा जसपाले अघि सारेका माग पूरा गराउनको लागि एमाले र जसपा नेपाल नेताहरु सम्मलित कार्यदल समेत गठन गरेको छ । कार्यदलका सदस्यहरुपनि नियमित छलफलमा छन् ।

आजमात्रै, प्रधानमन्त्री ओलीसँग अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतोसहित कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले भेटेका थिए । आजको भेटवार्ता सकारात्मक भएको नेता कर्णले  जानकारी दिए । उनकाअनुसार जसपाका माग पूरा गराउनको लागि प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

सरकारमा जानेगरि नै जसपा र प्रधानमन्त्रीबीच छलफल भएको उच्च स्रोतले जनाएको छ । ठाकुर र महतोको पक्षमा २६ जना सांसद उभिएको जनाईएको छ । पछिल्लो समय सरकारमा जाने कि नजाने भन्नेबारे जसपाभित्र विवाद छ । अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी भन्दै सत्ता सहकार्य गर्न नहुने सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् । यादवसँगै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीलाई विदा गर्नुपर्ने भन्दै उनीसँग सहकार्य गर्न नहुने अडान लिएका छन् ।

तर, ठाकुरको पक्षमा दुई तिहाईभन्दा बढि सांसद उभिने भएपछि प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि ठाकुर र महतो अघि बढे उनीहरु मौन बस्ने पनि बुझिएको छ । स्रोतकाअनुसार प्रधानमन्त्रीसँग ठाकुर र महतोले दश वटा मन्त्रालय दिन माग गरेका छन् । तर, प्रधानमन्त्रीले ८ वटा मन्त्रालय दिने सहमति जनाएका छन् । आगामी एक साताभित्रै सरकारमा जानेगरि प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोको भेटवार्ता चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!