अस्ट्रेलियाको बीमा उद्योगले न्यु साउथ वेल्सका विभिन्न क्षेत्रमा विनाशकारी प्रकोप घोषणा गरेको छ ।
अविरल रूपमा मुसलधारे पानी परेपछि देशमा भीषण बाढी आएको छ जसकारण मानिस र जनावर दुवै शरणको खोजीमा भौंतारिन बाध्य भएका छन् ।
देशको मौसम विभागले अस्ट्रेलियाली मुख्यभूमिका सबै राज्य र प्रदेशमा मौसम खराब रहने सूचना दिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले पत्रकारहरूलाई पानी र बाढीको स्थिति जटिल रहेको बताए ।
विगत चार दिनदेखि न्यु साउथ वेल्समा ३.२ फीट पानी परेको छ । लगभग १८ हजार मानिसलाई बाढीग्रस्त क्षेत्रबाट अन्यत्रै सारिएको छ ।
बाढीमा परी कुनै हताहती नभएपनि कैयौं घर क्षतिग्रस्त भएको मोरिसनले बताए । केही क्षेत्रमा फोन र बिजुली अवरुद्ध भएको छ ।
बाढीका कारण मानिसको घरघरमा सर्प र माकुराको बिगबिगी छ ।