हिपमत डटकम

मंगलबार, चैत्र १०, २०७७ || 617  पटक पढिएको

काठमाडौं । अष्ट्रेलियाको संसद् भवनभित्रैको यौनजन्य गतिविधिको भिडियो सार्वजनिक भएको छ ।

मंगलबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अष्ट्रेलियाको संसद् भवनमा यौनजन्य क्रियाकलापको भिडियो सार्वजनिक हुनु आश्चर्यजनक र घृणित भएको बताएका छन् ।

मौरिसनले यौनजन्य क्रियाकलापको आरोप लागेका संसद् भवनमा एक सदस्यलाई कामबाट निकाला गरिएको बताएका छन् । टेन नेटवर्क टेलिभिजन न्युजले सोमबार केही सरकारी कर्मचारीहरुले फेसबुकको म्यासेन्जरमा एउटा ग्रुप बनाएको र उक्त ग्रुपमा उनीहरुले संसद् भवनमा भएका यौनजन्य क्रियाकलापको तस्वीर तथा भिडियो शेयर गरेका थिए । जसमा एक महिला सांसदको कार्यकक्षमा कैद गरिएको भिडियो पनि शेयर गरिएको थियो ।

समाचारमा बताइएअनुसार एक भिडियोमा पूर्व सरकारी कर्मचारीले संसद् भवनको प्रार्थनास्थललाई मानिसहरुले यौनजन्य गतिविधिको लागि प्रयोग गर्ने गरेको बताएका थिए । बाहिरबाट यौनकर्मीहरुलाई पनि संसद् भवनमा ल्याइने गरेको उनले दाबी गरेका छन् ।

यससँगै अष्ट्रेलियाको संसद् भवनभित्रको संस्कारको विषयमा पनि प्रश्न उठेको छ । गत महिना संसद् भवनकी एक महिला कर्मचारीले आफ्ना सहकर्मीले आफूलाई संसद भवनभित्रै बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

उनले आफूमाथि दुई वर्षअघि यो घटना घटेपनि प्रहरीमा उजुरी नदिन आफूलाई दबाब दिइएको बताएकी थिइन् । त्यसपछि अन्य केही महिलाले पनि आफ्नो मुख खोलेका थिए । जसमा केही शीर्ष सरकारी अधिकारीमाथि पनि बलात्कारको आरोप लागेको थियो ।

संसद् भवनभित्रको यौनजन्य क्रियाकलापको भिडियो सार्वजनिक भएसँगै प्रधानमन्त्री मौरिसनले संसद् भवनमा यस किसिमको गतिविधि तत्काल रोकिनुपर्ने बताएका छन् ।

लेबर पार्टीकी सिनेटर क्रिस्टिना केनेअल्लीले अहिले सार्वजनिक भएका भिडियो संसद् भवनमा महिलामाथि हुने अपमानको एक प्रमाण रहेको बताइन् । अर्की सिनेटर सराह हान्सन योङले यो संसद्भित्रको सांस्कृतिक समस्या रहेको बताइन् ।

अष्ट्रेलियाका वित्त मन्त्री सिमोन ब्रिमिङघमले सोमबार सार्वजनिक भएको मिडिया रिपोर्टको विषयमा अनुसन्धान भइरहेको र संलग्नहरुलाई आवश्यक कारबाही हुने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!