हिपमत डटकम

मंगलबार, चैत्र १०, २०७७ || 625  पटक पढिएको

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार (केपी ओली) रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् ।

‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ ।’ मंगलबार सांसद थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’

प्रतिनिधिसभा भंग गर्दा सांसदहरुको नभइ जनताको अपमान भएको भन्दै उनले जनताले आफूलाई गरेको अपमानको बदला यथोचित समयमा लिने बताए । संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन सभामुख महोदय । यो ती जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्’ उनले भने ।

प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको उनको टिप्पणी छ ।

‘कहिले संसद छल्न हठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लागउन संसद भंग अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च गरिँदैछ’ उनले भने । अहिले विधेयक अधिवेशन चलिरहेको भन्दैले सोही अनुसार संसदलाई बिजनेश दिन सरकारलाई आग्रह गरे ।

‘एसिड आक्रमण गर्नलाई नियन्त्रण बनाउन कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर संसदलाई एउटा पनि विधेयक नदिन ? अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभाको बैठक नबोलाउने ? उनले प्रश्न गर्दै भने, ‘यो विधेयक अधिवेशशन हो । हामी काम गर्न तयार छौं ।’

सरकारले ल्याएका एसिड कारोबारलाई नियन्त्रण गर्ने सहितका सात वटा अध्यादेश प्रतिनिधिसभामा पेश हुन सकेको छैन् । सरकारले संसदमा अध्यादेश गर्न नदिनएको भनेर विपक्षी दलहरुको आलोचना गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!