हिपमत डटकम

मंगलबार, चैत्र १०, २०७७ || 1205  पटक पढिएको

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले भारतले दार्चुला सदरमुकामलाई जोखिममा पार्ने गरी महाकाली नदीमा बनाइरहेको तटबन्ध निर्माण कार्य रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शुरूमा सभामुखसँग समय लिएर सांसद बडूले नेपाली भूमि मिचेर भारतले तीन महिनादेखि तटबन्ध निर्माणको काम गरिरहँदा पनि सरकारी निकाय मौन बसेको भन्दै सरकारको जवाफ माग गरेका हुन् ।

‘दार्चुला सदरमुकामको महाकाली नगरपालिका वार्ड नम्बर ५ को पारिपट्टि नेपाल सरकारको कुनै सहमति र जानकारी विना भारतले एकतर्फी ढंगले हाम्रो जमिन आफूतिर समेटेर तटबन्ध बनाइरहेको छ,’ बडूले भने ।

६ वर्ष पहिले २०७० असार २ गते महाकाली नदीमा भीषण बाढी आउँदा नेपालको जमिन भारततर्फ गएको र त्यो जमिनमा नेपालको सहमति बेगर भारतले तटबन्ध निर्माण गरिरहेको बडूले जानकारी गराए ।

‘नेपाली भूमि बचाउने कुरामा हामी किन बोल्न सक्दैनौं ? निर्माण कार्य रोक्नुपर्दछ, अन्यथा नेपाली जमिन गुम्ने अवस्था छ । किन सरकार मौन छ ? कसले बताउनु पर्ने ? सरकारको गम्भीर ध्यानाकर्षण गर्नुपर्छ । संसद्को अर्को बैठकमा जानकारी चाहन्छु,’ बडूले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!