हिपमत डटकम

मंगलबार, चैत्र १०, २०७७ || 1534  पटक पढिएको

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै रहने बताएका छन् ।

विराटनगरमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस तत्कालै सरकारमा नजाने स्पष्ट पारे ।

सभापति देउवाले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत नल्याउने बताए । ‘कांग्रेसले सरकार पनि बनाउँदैन, विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन,’ देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’

केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभापति देउवा विराटनगर पुगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!