हिपमत डटकम

सोमबार, चैत्र ०९, २०७७ || 548  पटक पढिएको

म्यानमारमा पक्राउ परेका बीबीसीका पत्रकार आङ थुर रिहा भएका छन्।

बीबीसी बुर्मिज सर्भिसका पत्रकार थुर गत शुक्रबार १९ मार्चमा पक्राउ परेका थिए। उनलाई सादा पोशाकमा आएका केही पुरूषले पक्राउ गरी लगेको बीबीसीले जनाएको छ।

सो समयमा उनी नेपिअदस्थित अदालत बाहिर रिपोर्टिङ गरिरहेका थिए।

म्यानमारमा अहिलेसम्म ४० जना पत्रकारहरू पक्राउ परिसकेका छन्। म्यानमारमा सेनाले गत फेब्रुअरी १ गते सैनिक शाषण लागू गरेको थियो। सेनाले सत्ता आफ्नो हातमा लिएर एक वर्ष संकटकालको घोषणा गरेको थियो।

सेनाले पाँच वटा मिडिया कम्पनीहरूको लाइसेन्स पनि रद्द गरेको छ। त्यस्तै पत्रिकाहरू पनि छाप्न बन्द भइसकेका छन्।

गत शुक्रबार सेनाले आङ थुरसँग अर्का एक पत्रकारलाई पनि लगेको थियो। थुरलाई पक्रिने व्यक्तिहरू भ्यानमा आएका थिए।

बीबीसीले सोमबार उनीहरू छुटेको पुष्टि गरेको छ। तर थप जानकारी दिएको छैन।

संयुक्त राष्ट्र संघका अनुसार म्यानमारमा सेनाले ‘कू’ गरेयता विरोध प्रदर्शनमा कम्तिमा पनि एक सय ४९ जनाले ज्यान गुमाएका छन्। यद्यपि वास्तविक संख्या योभन्दा बढी हुनसक्ने अनुमान गरेको छ।

त्यहाँ हिंसा भएकामध्ये मार्च १४ लाई सबैभन्दा हिंसात्मक दिन मानिएको छ। बीबीसीका अनुसार सो दिन ३८ जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!