हिपमत डटकम

शनिबार, चैत्र ०७, २०७७ || 1145  पटक पढिएको

नेकपा एमालेका नेता वामदेव गौतमले सर्वोच्चबाट आएकाे फैसलाले एमाले अस्तित्वमा आउँदा आफू खुसी भएको बताएका छन् ।
प्रधानमन्त्री केपी केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा उनले भने, ‘२३ गतेको फैसलाले म खुसी भएर स्वागत गरेँ। पार्टी राजनीतिक रुपमा व्यवहारिक रुपमा फुटेको थियो। निर्वाचन आयोगले फुठाउन नसकेको मात्र थियो । सर्वोच्चले ऋषि कट्टेलको मागलाई मात्र सम्बोधन गरेर नाम मात्र फेरेको भए नेकपाको न एकता न विभाजन हुन्थ्यो। सर्बोच्चको फैसलाले नेकपा एमाले व्युँतियो र एकबद्ध हुने स्थिति बन्यो। तसर्थ यो फैसला एेतिहासिक छ।’

गौतमले पुस ४ गते प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा आफू साक्षी रहेको भन्दै त्यो वार्ता प्रचण्डको कमजोरीका कारण असफल भएको पनि बताए।

उनले आफू पार्टीको विघटन रोक्नका लागि प्रयत्नशील भएको र त्योबीचमा प्रचण्डले गरेको थुप्रै प्रस्तावहरु आफूले रोकिदिएको जानकारी दिए ।

तर ओलीले संसद विघटनको तयारी गरेको र अर्को समूहले अविश्वासको प्रस्तावको तयारी गरेको बारे आफूलाई थाहा नभएको बताए। यदि त्यस्तो आफूले थाहा पाएको भए आफूले रोक्ने उनले बताए।

गौतमले सर्वोच्चको फागुन ११ गते आएको संसद पुनर्स्थापना गर्ने फैसलाले आफू खुसीले मातिएको र पछि निरास भएको सुनाए।

उनले भने, ‘पछि मैले प्रधानमन्त्रीलाई राजीनामा दिनुस् भनेँ उहाँले दिनु भएन तर पार्टी एक बनाउँछु भन्दा खुसी भएर अंकमाल गरेर फर्केँ। जे होस् पार्टी एक बनाउन लागौँ।’ पार्टी र दलकाे निर्देशन मान्ने मान्न तयार रहेकाे बताए । तर गाैतमले आफू नेकपा एमाले एकता अभियान छाेडेर ओलीतिर भने नलागेकाे बताएका थिए ।

संसदीय दलको बैठकपछि गौतम आफू उपचारका लागि जाने भन्दै केन्द्रीय कमिटीको बैठकमा नबसी निस्किएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!