प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाका अवधारणाकार कृष्णप्रसाद भट्टराईको नाम नलिइएकोमा सरकारप्रति आपत्ति प्रकट गरेको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा दलीय आधारमा अधिवेशन आह्वानको मन्तव्य राख्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले मेलम्ची ल्याएको भन्ने सरकारले कृष्णप्रसाद भट्टराईको नाम नलिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘मेलम्चीमा कृष्णप्रसाद भट्टराईको नाम लिन कञ्जुस्याइँ ? किसुनजी यो सदनको पहिलो सभामुख र २०४७ सालको जनआन्दोनको कमाण्डर हो नि ! उहाँले मेलम्ची ल्याउने कुरा गर्दा टुँडिखेलमा हाँसो गर्नेहरूले अहिले हामीले मेलम्ची ल्याएको भन्दा काठमाडौंका जनताले पत्याउँछन् कि पत्याउँदैनन् ?’ खाणले प्रश्न गरे ।
नेता खाणले भने, ‘जसको पालामा शुरू भएको छ, त्यसलाई धन्यवाद दिऔं । दिउँसै रात पार्ने काम नगरौं ।’