हिपमत डटकम

मंगलबार, चैत्र ०३, २०७७ || 681  पटक पढिएको

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको आरोप लगाएका छन् ।

एमाले केन्द्रीय सदस्यका लागि मंगलबार बालुवाटारमा आफैंले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि अवरोध गरिएको बताए ।

संसद विघटनको औचित्य पुष्टि हुने अवस्था बनेको भन्दै उनले भने, ‘मुद्दा लडेर फिर्ता ल्याएको संसद पहिलो दिनदेखि आफैं बहिस्कार गर्ने, आफैंले चल्न नदिने स्थिति बन्यो ।’

सभामुख पनि सेटिङमा चलेको र संविधान कार्यान्वयनको कर्तव्यबाट चुकेको प्रधानमन्त्री ओलीको आरोप छ ।

‘सभामुखले मन्त्रीजी एकछिन पख्नुस् भनेर रोकेपछि एकछिन स्थगित भनेर अर्कोदिनलाई सर्‍यो भनेर संवैधानिक दायित्व पनि सरकारले पुरा गर्न पाएन’ उनले अघि भने, ‘संविधानको कार्यान्वयनप्रति सभामुखको जुन प्रतिवद्धता रहनुपर्थ्यो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति र सेटिङबाट कार्यान्वयन हुन दिइएन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!