हिपमत डटकम

मंगलबार, चैत्र ०३, २०७७ || 624  पटक पढिएको

पालले जारी गरेको नयाँ नक्साको पक्षमा मतदान गर्न अस्वीकार गर्ने तत्कालीन संघीय समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पदमुक्त गरिएको सूचना ८ महिनापछि संसदको बैठकमा सुनाइएको छ ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले गिरी पदमुक्त भएको सूचना सुनाएका हुन् ।

‘तत्कालीन समाजवादी पार्टी प्रुमख सचेतकबाट २०७७ असार २४ गते समानुपातिक सांसद सरिता गिरीले दलको निर्देशन उल्लंघन गरेकाले पदमुक्त गरिएको पत्र प्राप्त भएकाले संविधानको धारा ८९ बमोजिम स्थान रिक्त आएको भनी २५ गते सूचना प्रकाशित गरिसकेको व्यहोरा बैठकलाई जानकारी गराउँछु,’ सभामुख सापकोटाले भने ।

बैठकले दोस्रो संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक चैत्र ६ गते शुक्रवारसम्मको लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!