प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय कमिटी सदस्य तथा सांसदहरूका लागि मंगलवार चियापान आयोजना गरे ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार आयोजित चियापानमा एमालेकै झलनाथ खनाल – माधव नेपाल तथा वामदेव गौतम पक्ष भने उपस्थित भएन ।
चियापानमा खानेकुराको व्यवस्थापन गर्ने जिम्मा कार्की क्याटरिङलाई दिइएको थियो ।
सांसद र केन्द्रीय सदस्यका लागि चिकेन कटलेट, भेज स्यान्डविच, बोइल्ड भेज, फ्रुट्स, कालाजामुन, फिस फ्राइ, चियाकफी, कोल्ड ड्रिंकको व्यवस्था गरिएको कार्की क्याटरिङका प्रतिनिधि विजय गिरीले लोकान्तरलाई जानकारी दिए ।
चियापानमा पार्टीकै अर्को पक्ष अनुपस्थित भएको प्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि प्रकट गरे ।
बैठक नै बसेर पार्टीको चियापानमा सहभागी नहुने निर्णय गरिएको उनको गुनासो थियो । खनाल-नेपाल समूहले आजको चियापानमा सहभागी नहुने निर्णय सोमवार गरेको थियो ।