हिपमत डटकम

शनिबार, फाल्गुण २९, २०७७ || 1213  पटक पढिएको

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्नेगरी छलफल थालेका छन् । ओली समूहका एक नेताका अनुसार नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेका हुन् । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन तानाबाना बुनिरहेको जस्ता आरोप ओली पक्षको छ ।

ती नेताका अनुसार ओलीले शुक्रबारकै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए । तर नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कारबाही गर्न नहुने भन्दै उनीहरुको थप गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए ।

सोही बैठकबाट ओलीले माओवादी धारका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको खारेज गरेका थिए । यस्तै माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा इन्चार्ज समेत तोकेका थिए ।

ओलीको यो कदमपछि आक्रोशित बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!