हिपमत डटकम

शुक्रबार, फाल्गुण २८, २०७७ || 897  पटक पढिएको

नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज अपरान्ह बसेको काँग्रेस र जसपा नेताहरूबीचको बैठक ठोस सहमति नगरी टुंगिएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले दलहरूसँग मिलेर जाने छलफल भएको भन्दै आज केही सहमति नभएको बताए। ‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

अब आफूहरुले माओवादी केन्द्रसँग पनि छलफल गर्ने बताए । प्रधानमन्त्रीमा तपाईंकै नाम चर्चामा छ भन्ने प्रश्नमा पत्रकारलाई उनले धन्यवाद दिए ।

‘यस्तो राम्रो खबर त्यसका लागि तपाईलाई धन्यवाद छ । प्लिजिङ सरप्राइज,’ उनको जवाफ थियो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजको बैठकले सत्ता समीकरणको बहस प्रवेश पाएको बताए । शर्माले, ‘छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका काँग्रेसले खेल्नुपर्छ भन्ने उहाँहरूको भनाइ आएको छ । भोलि माओवादीसँग पनि छलफल गर्छौ । ‘

त्यसका लागि अब काँग्रेसले अग्रसरता दिनुपर्नेमा जसपा नेताहरूबाट राय आएको उनको भनाइ छ । ‘थप परिपक्वताको प्रतिक्षा गर्नैपर्छ,’ शर्माले भने, ‘एकै धारणामा उपर्युक्त ढंगले सोच निर्माण गरेर अगाडि बढ्छौँ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!