हिपमत डटकम

शुक्रबार, फाल्गुण २८, २०७७ || 1012  पटक पढिएको

संसदको चौथो दल जनता समाजवादी पार्टी (जसपा) सत्ता जोगाउन र नयाँ गठबन्धन निर्माणका लागि निर्णायक भएको छ । ३४ सांसद रहेको जसपा सरकार जोगाउन र नयाँ सरकार बनाउन निर्णायक भएको हो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले एकै समयमा छलफलका लागि जसपालाई बोलाइएको पाइएको छ । प्रधानमन्त्री ओली सरकार जोगाउन जसपाको साथ खोजिरहेका छन्, भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्ता समर्थक नेकपा माओवादी केन्द्र पनि नयाँ सरकार निर्माणका लागि जसपाको साथ खोजिरहेको छ ।

प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ भने काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकार निर्माणका लागि जसपाको साथ अनिवार्य चाहिन्छ ।

ओली र देउवा प्रचण्डबीच जसपा तानातानमा परेको हो । ओलीले छलफलका लागि शुक्रबार अपरान्ह चार बजे सरकारी निवास बालुवाटारमा बोलाएका छन् । त्यस्तै देउवाले पनि जसपाका शीर्ष नेतालाई ठीक त्यही समयमा बूढानीलकण्ठ बोलाएका छन् ।

जसपाका नेता लक्ष्मणलाल कर्णले चार बजे प्रधानमन्त्रीले बोलाएको बताए । यता अध्यक्ष उपेन्द्र यादवले सोही समयमा देउवाले पनि बोलाएको जानकारी दिए ।

बालुवाटार र बूढानीलकण्ठको बीचमा जसपाका नेताहरु अन्यौलमा देखिएका छन् । यसैबीच सत्ता समीकरणबारे निर्णय लिन जसपा संसदीय दलको बैठक पनि बोलाइएको छ । जसपाले रेशम चौधरीको मुद्दा फिर्ता–रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका शर्त राख्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!