काठमाडौं, नेपाली काँग्रेसभित्र संसदीय दलको नेता परिवर्तनको तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवाका प्रतिद्वन्दीहरु दलका नेता परिवर्तनको गृहकार्य तिव्र पारेका छन् । संसदिय दलको नेता परिवर्तनको तिव्रता बढेसंगे देउवामाथि चुनौति थपिएको छ ।
संसदीय दलको नेता परिवर्तनका लागि देउवा विरोधी समूहको आन्तरिक बैठक निरन्तर हुँदै आएको बुझिएको छ । देउवा विरुद्ध कोइराला परिवार समेत एकजुट भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर र नेता कृष्णप्रसाद सिटौला पक्षधरबीच समेत छलफल भएको बुझिएको छ ।
महामन्त्री डा. सशांक कोइराला या पूर्वमहामन्त्री प्रकाशमान सिंहको बीचमा सहमति भए देउवाको लागि थप चुनौति बढ्ने छ । कोइराला र सिंहबीच सहमतिको लागि पहल भई रहेको बुझिएको छ ।
प्रतिनिधि सभा निर्वाचन सम्पन्न भए पश्चात संसदीय दलको निर्वाचनमा ६३ सांसद मध्ये देउवालाई ४२ र सिंहलाई २१ पत परेको थियो ।