हिपमत डटकम

शुक्रबार, फाल्गुण २८, २०७७ || 754  पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय बैठक बिहीबारका लागि बोलाइएको छ । सो बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको पार्टी स्रोतले जनाएको छ ।
सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलको नेता चयनको एजेण्डा छ । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा आज बस्ने बैठकले नेता चयनको तयारी गराएको छ ।

पार्टी स्रोतका अनुसार अहिलेसम्म संसदीय दलको बैठकको अध्यक्षता गर्दै आएका पार्टीका अध्यक्ष ठाकुरलाई दलको नेता चयन गर्नेगरी तयारी अगाडि बढेको छ। यद्यपि दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् ।

अहिलेसम्म उनीहरुले खुलेर पार्टी बैठकमा आफ्नो दावेदारी प्रस्तुत नगरेको स्रोतको भनाइ छ । जसपाको ३४ सांसद मध्ये बहुमत सांसद ठाकुरको पक्षमा रहेको दावी गरिनुले पनि उनको सम्भावना बलियो रहेको नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!