हिपमत डटकम

बुधबार, फाल्गुण २६, २०७७ || 794  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । भट्टराई निवास टोखामा पुगेर दाहालले भेटवार्ता गरेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएपछि आज पहिलोपटक पार्टीको स्थायी कमिटी बैठक बसेपछि दाहालको सक्रियता बढेको हो । उनले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बताउने गरेका छन् ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढालेर कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउने दाहालको चाहना छ । यसको लागि उनले आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगपनि छलफल गरेका छन् । संसद्को बैठक भोलि अपरान्ह १ बजे बस्दैछ । File Photo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!