हिपमत डटकम

बुधबार, फाल्गुण २६, २०७७ || 802  पटक पढिएको

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने छ ।

बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

मंगलबार बसेको स्थायी कमिटी बैठक सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मौन थियो । स्रोतका अनुसार नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!