हिपमत डटकम

मंगलबार, फाल्गुण २५, २०७७ || 645  पटक पढिएको

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

‘नेकपा एमालेसँग आवश्यकताअनुसार वार्ता गर्छौं’ नेता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन ।

कार्यकर्ता भेला चैत १ गते

नेता श्रेष्ठका अनुसार संगठनात्मक काम र अहिलेको परिस्थितिबारे पार्टीलाई प्रशिक्षित गर्न २९ गते केन्द्रीय कमिटीको बैठक र १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको छ ।

स्थायी कमिटीको बैठक जारी छ ।

साबिकको नेकपा विभाजित हुँदा केपी ओली समूहतिर लागेका नेताहरुबारे कुनै निर्णय भएको छैन ।

‘पछिल्लो परिस्थितिमा के गर्ने भन्ने उहाँहरुले आफ्नो धारणा सार्वजनिक गर्नु भएको छैन’ नेता श्रेष्ठले भने, ‘हाम्रो अपेक्षा छ, अदालतको फैसलाअनुसार नै उहाँहरुले आफूलाई प्रस्तुत गर्नुहुनेछ । उहाँहरुले आफ्नो स्थिति प्रष्ट पारेपछि हामीले जे गर्नुपर्ने हो, गर्छौं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!